उनले ट्विटरमा कोरोना भाइरसको प्रभाव भारतमा कम भइसकेको बताउँदै यतिबेला कोरोनामुक्त हुनेको दर ९६ दशमलब १६ प्रतिशतमा पुगेको पनि बताएका छन्।
अर्थात भारतमा संक्रमित हुनेभन्दा बढीको संख्यामा मानिसहरु निको भइरहेका छन्।
बद्र्धनले हालसम्म देशमा २७ करोड २३ लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाएको पनि जानकारी दिएका छन्।
यस्तै गएको २४ घण्टामा भारतमा ६० हजार ७५३ मा कोरोना भाइरस पुष्टि भएको छ। गत १२ दिनयता भारतमा लगातार एक लाखभन्दा कम संक्रमित मात्र थपिरहेका हुन्।
योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ९८ लाख २३ हजार पुगेको छ भने हालसम्म २ करोड ८६ लाख ७८ हजार कोरोनामुक्त भएका छन्।
त्यहाँ ३ लाख ८५ हजार १३७ को भने कोरोनाका कारण निधन भएको छ।
— Dr Harsh Vardhan (@drharshvardhan) June 19, 2021#IndiaFightsCOVID19 with great enthusiasm!
🏥 Active cases decline to 7.6 lakh , lowest in 74 days
🏠 Recovery Rate increases to 96.16%
💉More than 27.23 cr vaccine doses administered so far across the country@PMOIndia @MoHFW_INDIA pic.twitter.com/O64m6Jvnln
प्रतिक्रिया