ad ad

समाज


बाढीले हेलम्बुको प्रहरी चौकी भवन बगायो

बाढीले हेलम्बुको प्रहरी चौकी भवन बगायो

नेपालखबर
असार ५, २०७८ शनिबार ५:५८,

 सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय बाढीले बगाएको छ।

यस्तै हेलम्बु –२ को वडा कार्यालय र विद्यालयको भवन पनि बा९ले बगाएको छ।

ती भबन शुक्रबार राति आएको बाढीले बगाएको हो। बाढीको जोखिम बढेपछि कार्यालयका महत्वपूर्ण सामान सुरक्षित स्थानमा सारिएको थियो।

असार १ गते सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा परेर २० जना अझै बेपत्ता छन्।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार उनीहरूको खोजी, पीडितहरूको उद्धारमा ४६१ सुरक्षाकर्मी खटिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .