ad ad

समाज


अछाममा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

अछाममा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ३:२१,

अछामको बान्नीगढी जयगढ गाउँपालिका-५ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य तीनजना घाइते भएका छन्।

रामारोशन गाउँपालिकाको मुजाबगरबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जीप बान्नीगढी -५ लिडिको सुकिबाग भन्ने ठाउँमा गए राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दर्घटनामा बान्नीगढी–४ का अशोक परियार, सोही ठाउँका काले परियार र बैतडी घर भएका जीपका चालक लाल बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

अशोक परियारको घटनास्थलमै र अन्य २ जनाको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको हो।

घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .