समाज


कर्णाली नदीमा भेटिए २ शव

एउटा शव असार १८ गते कर्णालीमा बेपत्ता गाडीका यात्रुको भएको आशंका
कर्णाली नदीमा भेटिए २ शव

घटनास्थल


नेपालखबर
असार २२, २०८३ सोमबार १३:५८, सुर्खेत

कर्णाली नदीमा आज दुईवटा वटा शव फेला परेका छन्। कैलाली जिल्लाको महोन्याल गाउँपालिका र लम्कीचुहा नगरपालिका क्षेत्रमा दुईवटा शव भेटिएका हुन्। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रामप्रसाद घर्तीले अन्दाजी १७–१८ वर्षकी किशोरी र अन्दाजी ३०–३५ वर्ष उमेर समूहका पुरुषको शव फेला परेको जानकारी दिए। 

पुरुषको शव कैलालीको मोहान्याल गाउँपालिका-६, सुङ्गरखाल सोल्टा नजिक भेटिएको हो। यस्तै, लम्कीचुहा नगरपालिका–३ गोरङ्गेमा किशोरीको शव भेटिएको हो। 

बिहीबार बिहान साढे ११ बजे सुर्खेतबाट कालिकोटका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो।

भेटिएकोमध्ये पुरुषको शव उक्त गाडीमा सवार यात्रुकोभएको आशंक प्रहरीले गरेको थियो। तर, किशोरीको शवको भने पहिचान भएको छ।  उक्त शव सुर्खेतकी स्नेहा सुनारको भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार केही दिनअघि भेरी नदीमा दाउरा संकलन गर्ने क्रममा उनी बगेर बेपत्ता भएकी थिइन्। आफन्तले उनको पहिचान गरिसकेका छन्।

तर, मोहन्याल गाउँपालिका–६ सोल्टास्थित कर्णाली नदी किनारमा भेटिएको पुरुष शवको पहिचान खुल्न अझै  बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलबाट शव भेटिएको स्थानबाट झण्डै १५० किलोमिटरको दूरीमा पर्छ। हाल दुवै शवलाई पोस्टमार्टमका लागि टिकापुर अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

यही असार १८ गते सुर्खेतबाट कालिकोट जाँदै गरेको गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो। गाडीमा सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका-९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए। दुल्लु अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरे। त्यस बाहेक गाडी र चार जना यात्रुको अवस्था अझै अज्ञात छ।

गाडीसँगै बेपत्ता हुनेमा कालिकोटको पचालझरना-९ का मेखे तिरुवा, रास्कोट नगरपालिका-२ का सिर्जना खड्का र पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-८, का तुलाराम सुबेदी र सहचालक रामप्रसाद सुवेदी रहेका छन्।  

पाँच दिनदेखि लगातार ३ वटै सुरक्षा निकायले खोजी कार्य जारी राखे पनि उनीहरु फेला परेका छैनन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad