शिवशिखर सहकारीका साना बचतकर्ता २४८ जनाको बचत फिर्ता गरिएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हालसम्म शिव शिखरका १११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ।
समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा सञ्चालन भइरहेको भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया