ad ad

छापा खबर


विश्वमै महिलाको आयु पुरुषको भन्दा धेरै, किन हुन्छ यस्तो?

विश्वमै महिलाको आयु पुरुषको भन्दा धेरै, किन हुन्छ यस्तो?

नेपालखबर
भदौ ५, २०७६ बिहिबार २:५८,

पुरुषको तुलनामा महिलाको औसत आयु लामो हुन्छ।

नेपालमा मात्रै हैन सामान्यतः संसारभरै पुरुषको तुलनामा महिलाको औसत आयु लामो हुने चिकित्सक बताउँछन्।

अमेरिका, जापान, अस्टे«लिया, भारत, चीनजस्ता मुलुकमा पुरुषको तुलनामा महिलाको औसत आयु लामो हुने छ।

नेपालीको औसत आयु ७१ वर्ष छ। जसमध्ये महिलाको औसत आयु ७२ र पुरुषको ६९ वर्ष मात्रै छ। यो खबर आजको शुक्रबार साप्ताहिकमा उपेन्द्र खड्काले लेखेका छन्।

पुरुषको तुलनामा महिलाको आयु लामो हुनुमा केही जैविक कारण रहेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.साधना प्रधान शर्मा बताउँछिन्।

आणुवंशिक, जैविक र वातावरणिय कारणले महिला पुरुषभन्दा बढी बाँच्छन्।

पुरुषको शरीर मजबुत हुने ठानिए पनि वास्तवमा महिलाको शरीर मजबुत हुने चिकित्सकको मत छ।

बच्चा जन्माउनका लागि पनि जन्मजातै महिलाको शरीर मजबुत हुन्छ। महिलाको शरीर मजबुत नहुने भए बच्चा जन्माउनै सक्दैनन्।

रजश्वलाले पनि महिलाको आयु बढाउँछ। नहिँडे पनि रजश्वला साइकलको प्रक्रियामा प्राकृतिक रुपमै हिँडेको जत्तिकै महिलाको मुटुको धड्कन बढिरहेको हुन्छ।

महिलाको तुलनामा पुरुष बढी बाहिर हिँडडुल गर्नाले पनि पुरुषलाई सरुवा रोगको जोखिम बढी हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .