बिहीबार बिहान सोलुखुम्बुमा भूकम्प गएको छ।
बिहान ७ बजेर ७ मिनेट जाँदा सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का महसुश भए पनि धनजनको क्षति भने नभएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिए।
केन्द्रका अनुसार यो ०७२ सालको गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो। भूकम्प जाँदा स्थानीयबासीको भागदौड चलेको थियो।
3
Shares
प्रतिक्रिया