सार्वजनिकस्थलमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका शिक्षा अधिकृत पक्राउ परेका छन्।
बैतडी पाटन–७ घर भई हाल ललितपुर महालक्ष्मी–२, इमाडोल बस्ने शिक्षा अधिकृत ५५ वर्षीय सुरेन्द्र भट्टलाई प्रहरीले पक्राउ हो।
भट्टले इमाडोलकै सार्वजनिकस्थलमा महिलालाई आफ्नो गोप्य अंग देखाएका थिए। सो भिडियो पीडित महिलाले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोले भट्टलाई पक्राउ गरेको हो।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
261
Shares

प्रतिक्रिया