समाज


युद्धस्तरमा उद्धार र राहतका काम गर्न कांग्रेसको आग्रह

युद्धस्तरमा उद्धार र राहतका काम गर्न कांग्रेसको आग्रह

नेपालखबर
असार २, २०७८ बुधबार ७:१२,

नेपाली कांग्रेसले प्राकृतिक प्रकोपका घटनामा उद्धार र राहतका काम युद्धस्तरमा गर्न सरकारलाई आग्रह गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको निकै क्षति गरेको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

 'युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु', जारी विज्ञप्तिमा भनिएको छ।

 कांग्रेसले स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .