यूईएफए युरोकप फुटबलमा पोर्चुगलले गएराति हंगेरीलाई ३–० ले पराजित गर्दै शानदार सुरुवात गरेको छ।
समूह चरणको पहिलो खेलमा नै २ गोल गरेका रोनाल्डोले थुप्रै कीर्तिमान आफ्नो नाममा गरे। फरक पाँच सिजनमा गोल गर्ने रोनाल्डो एक्ला खेलाडी हुन्।
रोनाल्डोले सन् २००४ मा भएको यूईएफ युरोकपमा गोल गरेका थिए। त्यसयताका २००८, २०१२, २०१६ र २०२० को संस्करणमा लगातार गोल गरिरहेका छन्।
यसअघि जर्मनीका लोथर म्याथ्युले लगातार ४ सिजनमा गोल गरेका छन्। उनले १९८८, १९९२, १९९६ र २००० मा गोल गरेका थिए।
हंगेरीविरुद्धको खेलमा २ गोल गरेससँगै रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमानलाई समेत भंग गरे।
प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमान तोड्दै युरोकपमा सर्वाधिक ११ गोल गर्ने कीर्तिमान रोनाल्डोले आफ्नो नाममा लेखाए।
योसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ६ पुगेको छ। उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाईभन्दा तीन गोलले पछि छन्।
अली दाईको नाममा १ सय ९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान छ। रोनाल्डोले अहिलेसम्म पहिलो हाफमा ४२ र दोस्रो हाफमा ६४ गोल गरे।
राेनाल्डाेले गरेका गाेलहरू

यी हुन् युरोकपका अहिलेसम्मका सर्वाधिक गोलकर्ता
१. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) ११ गोल
२. मिचेल प्लाटिनी (फ्रान्स) ९ गोल
३. एलेन शिएरर (इङग्ल्याण्ड) ७ गोल
४. एन्टाेनी ग्रिजम्यान (फ्रान्स) ६ गोल
५. रुड भान निस्टोरोइ (नेदरल्याण्ड) ६ गोल
६. प्याट्रिक क्लुभर्ट (नेदरल्याण्ड) ६ गोल
७. वाइने रोनी (इङग्ल्याण्ड) ६ गोल
८. थिएरी हेनरी (फ्रान्स) ६ गोल
९. ज्लाटन इब्राहिमोभिच (स्वीडेन) ६ गोल
१०. नुनो गोम्स (पोर्चुगल) ६ गोल

प्रतिक्रिया