ad ad

समाज


स्याङ्जामा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाइते

स्याङ्जामा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाइते

नेपालखबर
असार २, २०७८ बुधबार ६:२१,

स्याङ्जाको भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

भीरकोट नगरपालिका ४ दर्बुङठाटीस्थित भित्री कच्ची सडकखण्डमा बानेथोकबाट बयारघारीतर्फ जाँदै गरेको ग.१ज ४९४० नम्बरको जिप दुर्घटना हुँदा अरु ५ जना घाइते भएका छन्।

दुर्घटनामा भीरकोट नगरपालिका ३ का ३६ वर्षीय गणेशजंग अधिकारीको मृत्यु भएको हो।

जिप चालक ३० वर्षीय मनु भन्ने विकास थापा, ४० वर्षीय रेशम परियार, ४६ वर्षीया प्रतिमा परियार, ४८ वर्षीय रूकबहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ र २४ वर्षीय दिनेश परियार घाइते भएका छन्।

उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको छ।

एक जना भने सकुशल छन्। जीपमा चालकसहित ८ जना सवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .