समाज


रोनाल्डोका कारण कोकाकोलालाई ४ अर्ब डलर घाटा, भिडिओमा हेर्नुस् के भएको थियो?

रोनाल्डोका कारण कोकाकोलालाई ४ अर्ब डलर घाटा, भिडिओमा हेर्नुस् के भएको थियो?

नेपालखबर
असार २, २०७८ बुधबार ६:१३,

मार्काका अनुसार रोनाल्डोले आफ्नो टेबलको दुईवटा कोकको बोतल हटाएर कोकको साटो पानी पिउन संकेत गरेपछि कोकाकोलालाई नराम्रो प्रभाव परेको हो।

रोनाल्डोले पोर्चुगल र हंगेरीको खेल अगाडिको पत्रकार सम्मेलनमा कोकको बोतल हटाएका थिए। सो घटनाको भिडिओ पनि सार्वजनिक भएको छ।

रोनाल्डोले कोकको बोतल आफ्नो टेबलबाट हटाएपछि नै कोकाकोलाको सेयर १.६ प्रतिशतले गिरावट आएको जनाइएको छ।

यसअघि कोकाकोलाको बजार मूल्य २४२ अर्ब अमेरिकी डलर थियो, रोनाल्डोका कारण सेयरमा गिरावट आएसँगै अहिले कोकाकोलाको मूल्य २३८ अर्ब अमेरिकी डलरमा झरेको छ। उसलाई ४ अर्ब अमेरिकी डलर घाटा भएको हो।

क्रिस्टियानो रोनाल्डो आफ्नो स्वास्थ्यप्रति निकै सजग छन्। उनले एक अन्तर्वार्तामा भनेका थिए,‘मेरा छोराछोरी बाह्य पेय पदार्थ तथा चकलेट खान पनि मसँग सोध्छन्, त्यस्ता कुरा खान अगाडि एकपटक मेरो अनुहार हेर्छन्।’

उनले आफूलाई कोक, फेन्टा, पेप्सीजस्ता गुलिया पेय पदार्थ मन नपर्ने बताएका थिए। उनले पेप्सीले प्रस्ताव गरेको करोडौंको विज्ञापन प्रस्ताव पनि अस्वीकार गरेका थिए।

कोकाकोला युरोकपको औपचारिक विज्ञापन पार्टनर हो। युरोकपका आयोजकले रोनाल्डोको यस कार्यको बारेमा केही बताएको छैन। कोकाकोलाले पनि यस विषयमा बोलेको छैन।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .