समाज


राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वास्थ्य मन्त्रालयलाई ५० थान भेन्टिलेटर हस्तान्तरण

राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वास्थ्य मन्त्रालयलाई ५० थान भेन्टिलेटर हस्तान्तरण

नेपालखबर
जेठ ३१, २०७८ सोमबार १२:२३,

राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको छ।

‘ग्राडियन हेल्थ सिस्टम यूएसए’ले प्रदान गरेको ५० थान भेन्टिलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा नेपाल ल्याइ सोमवार अमेरिका–नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे।

सहयोगस्वरुप प्रदान गरिएको भेपन्टलेटर स्वास्थ्य मन्त्रालयमार्फत् नेपालका विभिन्न ९ वटा अस्पतालमा हस्तान्तरण गर्ने जनाइएको छ। सोमबार नै वीर अस्पताललाई १० वटा र सिभिल अस्पताललाई ५ वटा हस्तान्तरण गरिने बताइएको छ।

भेन्टिलेटर बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउने तथा विरामीलाई बेडको अभाव हुन नदिने गरी आवश्यक पूर्वाधारको विकास गरिने बताए। उनले स्वास्थ्य सामग्री सहयोग गर्नेहरुको नाम सामग्रीमा स्टीकर बनाएर कहिल्यै नमेटिने गरी टाँसिने उल्लेख गर्दै नेपालीहरुको जीवन बचाउनको निम्ति सहयोग गर्न पनि अपिल गरे।

उनले भने, ‘सबै सरकारी अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने, जेजे इक्युपमेन्ट चाहिने हो त्यो सबै थप्ने, कोही पनि बिरामी जतिसुकै क्रिटीकल बिरामी होस्, सरकारी अस्पतालमा आएपछि सामान छैन। बेड छैन। भेन्टिलेटर छैन। अथवा फलानो मेसिन बिग्रियो भनेर कोही फर्किनुपर्दैन। सबैलाई सरकारी अस्पतालमा आएपछि उपचार हुन्छ भन्ने कुराको ग्यारेन्टी हामी दिन सक्नेछौँ। यस्ता स्वास्थ्य सामग्री जजसले दिनुहुन्छ, स्पोन्सरवालाको नाम÷स्टिकर कहिल्यै नमेटिने गरी राख्ने।’

स्वास्थ्य मन्त्रालयलाई दिइएको ५० थान भेन्टिलेटर ६ करोड रुपैयाँ बराबरको रहेको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad