काठमाडौं महानगरपालिकाले ६० देखि ६१ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ।
महानगरले जेठ ३१ गते र असार १ गते सो उमेर समूहलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको हो।
खोप लगाउन वीर अस्पताल, शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा केन्द्र तोकिएको छ।
बिहान १० बजेदेखि अपरान्ह ४ बजेभित्र खोप लगाउन सकिन्छ। खोप लगाउन आफ्नो उमेर खुल्ने कागजपत्र साथमा लैजानुपर्ने छ।
प्रतिक्रिया