बेजोसकै कम्पनी ब्लू ओरिजिनले आगामी महिना अन्तरिक्षयान अन्तरिक्षमा लग्दैछ।
सो क्रममा एक व्यक्तिले बेजोससँगै अन्तरिक्षमा घुम्न जानको लागि २८ मिलियन अमेरिकी डलर अर्थात् ३ अर्ब २७ करोड ६२ लाख २९ हजार रुपैयाँ खर्च गरेको सीजीटीएनले जनाएको छ।
आगामी जुलाई २० मा न्यू सिपहर्ड लन्च भेइकलमा बेजोससँग उनका भाई मार्क पनि अन्तरिक्षमा जाँदैछन्।
सो क्रममा शनिबार केही व्यक्तिलाई पनि अन्तरिक्षमा लगिने भन्दै बोलाबोलको आह्वान गरिएको थियो।
एक व्यक्तिले सबैभन्दा धेरै मूल्य २८ मिलियन अमेरिकी डलर तिर्ने भएपछि उनैलाई अन्तरिक्षमा लगिने भएको हो।
तर यस अक्सनमा छनौट भएका व्यक्तिको परिचय भने खुलाइएको छैन।
अब अझै एक व्यक्ती छनौट गरिने त्यसपछि मात्र अन्तरिक्षमा बेजोससँग को जाँदैछन् सार्वजनिक गरिनेछ।
3
Shares

प्रतिक्रिया