पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेल प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठसहित तीन जनाविरुद्ध उजुरी लिएर काठमाडाैं प्रहरी परिसर पुगेकी छिन्।
बुधबार मध्यन्न महानगरीय प्रहरी परिसर टेकु पुगकी उनले प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ, चितवनका प्रहरी प्रमुख (एसपी) दानमहादुर मल्ल र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दिन प्रयास गरिन्।
कानुन व्यवसायीसहित परिसर पुगेकी पौडेलको उजुरीमा तीनै जनाविरुद्ध विद्युतीय कारोबार ऐन अनुसार, कारबही गर्न माग गरिएको छ।
गत साउन २० गते चितवनको होटल कंगारुमा आत्महत्या गरेका पुडासैनीले आत्महत्या अगाडि छाडेको भिडयोमा रविले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेका छन्। त्यही आधारमा प्रहरीले रविसहित तीन जनालाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ।
प्रहरीसँग रहेको शालिकरामको सो भिडियो जनआस्था र नेपाल आज अनलाइनमार्फत भएको थियो। काठमाडाैं प्रहरीले उनको उजुरी लिन अस्वीकार गरेको छ।

प्रतिक्रिया