समाज


सूचना अनिवार्य सार्वजनिक गर्ने लिखित प्रतिवद्धता

सूचना अनिवार्य सार्वजनिक गर्ने लिखित प्रतिवद्धता

नेपालखबर
भदौ ४, २०७६ बुधबार ७:४७,

बाँकेका सरकारी निकाय तथा गैरसरकारी कार्यालयका सूचना अधिकारीहरुले प्रत्येक तीन—तीन महीनामा कार्यालयको सूचना अनिवार्य सार्वजनिक गर्ने लिखित प्रतिबद्धता जनाएका छन्।

जिल्ला प्रशासन कार्यालय, बाँके तथा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘सूचनाको कार्यान्वयन, अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा जिल्लाका सूचना अधिकारीहरुले लिखित प्रतिबद्धता जनाएका हुन्।

अन्तरक्रियामा बाँकेका सरकारी कार्यालयका सबै सूचना अधिकारीहरु, स्थानीय तहका प्रतिनिधिहरु र अन्य गैरसरकारी सामाजिक सङ्घसंस्था तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सूचनाको हकको कार्यान्वयनलाई सबै तहले कार्यान्वयन गर्नैपर्ने कानूनी व्यवस्था रहेको बताउँदै सूचनाको हकलाई प्रयोग गर्दा कार्यालयको काम कारबाही सुशासनमय तथा पारदर्शी हुनुपर्ने बताए।

सूचना अभियानकर्मी अधिवक्ता विश्वजीत तिवारी, बागेश्वरी असल शासन क्लब (बास) का अध्यक्ष मन भण्डारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारू र अधिवक्ता वसन्त गौतमले नेपालमा सूचनाको हक तथा कार्यान्वयनबारे सहजीकरण गरेका थियो । रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad