खेल


रोनाल्डोको प्रश्नः फुटबलमा मैले जति रेकर्ड कसले बनाएको छ?

रोनाल्डोको प्रश्नः फुटबलमा मैले जति रेकर्ड कसले बनाएको छ?

नेपालखबर
भदौ ४, २०७६ बुधबार ७:४५,

पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले फुटबलमा आफूले जति रेकर्ड कसैले नबनाएको बताएका छन्।

मंगलबार टीभीआइसँगको कुराकानीमा रोनाल्डाले यस्तो बताएका हुन्।

रोनाल्डोले भने,‘कुनै फुटबलर छन् जसले मैले जति किर्तिमानी बनाएका छन्? मलाई लाग्छ त्यस्ता कुनै फुटबलर छैनन् जसले मैले जति किर्तिमानी बनाएका छन्।’

उक्त अन्तर्वार्तामा रोनाल्डोलाई उनको सन्यासबारे पनि प्रश्न गरिएको थियो। रोनाल्डोले उत्तरमा भने,‘मैले सन्यासको बारेमा सोचेको छैन, आगामी वर्ष नै म सन्यास लिनसक्छु अथवा ४०, ४१ को उमेरसम्म खेल्नसक्छु।’

३४ वर्षका क्रिस्टियानो रोनाल्डो गत सिजन युभेन्ट्समा अनुबन्ध भएका थिए। उनले २८ गोल गर्दै टोलीलाई सिरिए जित्न मदत गरेका थिए।

पाँचपटकका बालुन डि’ओर विजेता रोनाल्डो पाँचपटकको च्याम्पियन्स लिग विजेता पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad