कारोबार


एनआईसी एसिया ब्यालेन्स्ड फण्ड सार्वजनिक निष्काशन बन्द हुने

एनआईसी एसिया ब्यालेन्स्ड फण्ड सार्वजनिक निष्काशन बन्द हुने

नेपालखबर
भदौ ४, २०७६ बुधबार ८:६,

एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन भएको दोस्रो बन्दमुखी योजना एनआईसी एसिया ब्यालेन्स्ड फण्डको सार्वजनिक निष्काशन बिहीबारदेखि बन्द हुने भएको छ।

फन्डको प्रतिइकाइ मूल्य १० रुपैयाँ दरका १२ करोड ५० लाख इकाइमध्ये बीज पुँजीबापत न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक एनआईसी एसिया बैंक लिमिटेड तथा योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड ६२ लाख ५० हजार इकाइको निष्काशन तथा बिक्री खुल्ला मिति २०७६ साउन ८ गतेदेखि २०७६ भदौ ५ गतेसम्म गरिएको थियो।

एनआईसी एसिया ब्यालेन्स्ड फण्डको इकाइ खरिदकर्ता व्यक्ति तथा संस्थाले बिहीबार बैंकिङ्ग समयभित्र आफ्नो सी–आस्बा खाता रहेको बैंक ताथ वित्तीय संस्था वा मेरोसेयर लगइन गरी अनलाइनमार्फत आवेदन गर्न सकिने बैंकले जनाएको छ। उक्त ब्यालेन्सड् फण्डको इकाइ खरिद गर्नको लागि प्रचलित सामूहिक कोष नियमावली एवं निर्देशिकाको अधीनमा रही नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघ/संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad