समाज


काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि जेठ ३१ पछि पनि थपिने सम्भावना

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि जेठ ३१ पछि पनि थपिने सम्भावना

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ५:६,

काठमाडौं उपत्यकामा लागू निषेधाज्ञाको अवधि जेठ ३१ पछि पनि लम्ब्याउने सम्भावना देखिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस विषयमा तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको जानकारी दिए।

‘अब यो जेठ ३१ पछि यसअघि तोकिएको निषेधाज्ञाको अवधि सकिँदै छ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘अब त्यसपछि के गर्ने भन्ने विषयमा हामी होमवर्क गर्दै छौं।’

उनका अनुसार अवस्था विचार गरेर जेठ ३१ पछि के गर्ने भन्ने विषयमा निर्णय गरिनेछ।

निषेधाज्ञाको अवधि थपिने नै सम्भावना छ कि के छ भन्ने नेपालखबरको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी पराजुलीले अहिले विभिन्न विकल्पमा छलफल भइरहेको र अहिल्यै तोक्न नमिल्ने बताए।

‘अब अवस्था हेरौं के हुन्छ,’ उनले भने, ‘३१ गते आउन अझै २/३ दिन बाँकी छ नि त।’

तर कोरोना संक्रमणको अवस्था अझै सामान्य भइनसकेकाले निषेधाज्ञा लम्बिने नै संकेत उनले गरेका छन्।

कोरोना महामारीको दोस्रो लहर सुरु भएयता वैशाख १६ बाट लागू निषेधाज्ञाको अवधि पटकपटक थपेर यो जेठ मसान्त (३१ गते) सम्म पुर्‍याइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .