समाज


काठमाडौंमा खोप कार्यक्रम स्थगित

काठमाडौंमा खोप कार्यक्रम स्थगित

नेपालखबर
जेठ २७, २०७८ बिहिबार १४:३१,

काठमाडौं महानगर पालिकाले सञ्चालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ।

गएको मंगलबारदेखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित हुन पुगेको हो।

काठमाडौं महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि जारि कार्यक्रम बाध्य भएर रोक्नु परेको बताए।

नेपाल सरकारलाई गएको हप्ता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराएको थियो। यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्ष भन्दामाथि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो।

‘सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउँछु भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियो। अहिले २८ हजारलाई लगाइसकेपछि रोक्नु परेको छ’ जनस्वास्थ्य प्रमुख कुँवरले भने।

अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित नभएको शहरी जनस्वास्थ्य प्रमुख कुँवरले बताए। कार्यक्रम अनुसार काठमाडौँ महानगरले गएको मंगलबारदेखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकि खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो। महानगरले आजसम्म करिब २८ हजार जनालाई खोप लगाएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .