समाज


दुई पहिनापछि सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु शून्य

दुई पहिनापछि सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु शून्य

नेपालखबर
जेठ २५, २०७८ मंगलबार १५:५६,

गत दुई महिनायता सुदूरपश्चिम प्रदेशमा आज पहिलो पटक कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना भाइरस संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। यो अवधिमा एक हजार ५२१ नमूना परीक्षण गरिएकोमा २९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

योसँगै यो प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार ८६९ पुगेको छ। पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको संख्या ४३६ जना रहेको निर्देशनालयले जनाएको छ।

निर्देशनालयलका अनुसार प्रदेशका विभिन्न अस्पतालमा आज भेन्टिलेटरमा चार, सघन उपचार कक्षमा आठ र कोभिड वार्डमा १४ जना बिरामी भर्ना भएका छन्। दोस्रो लहरको कारोना भाइरस संक्रमण फैलिएयता यही जेठ ७ गते एकै दिन प्रदेशमा सबैभन्दा बढी ९८४ जना नयाँ संक्रमित थपिएका थिए। प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ संक्रमितको मृत्यु भएको थियो।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको अवधि यही जेठ ३१ सम्म थपिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .