कारोबार


निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष शर्माको निधन

निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष शर्माको निधन

नेपालखबर
जेठ २५, २०७८ मंगलबार १५:४३,

नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा आज निधन भएको छ।

महासंघको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान दिएका ८६ वर्षीय शर्माको निधनबाट मर्माहत भएको महासंघले जनाएको छ। शर्मा देशको एक प्रतिष्ठित कम्पनीको रुपमा रहेको शर्मा एण्ड कम्पनी प्रालिका संस्थापक हुन्।

उनले महासंघमा संस्थापक उपाध्यक्षसहित तीन कार्यकाल कार्य समिति उपाध्यक्ष र दुई पटक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए।

नेपालको निर्माण उद्योगको व्यावसायिक विकासमा अतुलनीय योगदान दिएका शर्मा हाल महासंघको मानार्थ सदस्य थिए। शर्मा महासंघले प्रदान गर्ने प्रतिष्ठित ‘एफक्यान ग्लोरी अवार्ड’ बाट समेत सम्मानित भएका थिए।

स्वर्गीय शर्माका पुत्र रमेश शर्मा महासंघको स्थापनाकालदेखि एसोसिएट सदस्यको रुपमा रहेको शर्मा एण्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक, महासंघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हुन्।

पशुपति आर्यघाटमा शर्माको शवमा महासंघका अध्यक्ष रवि सिंहले महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। महासंघका महासचिव रोशन दाहालले आजै शोक वक्तव्य मार्फत् शर्माको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनप्रति हार्दिक समवेदना अर्पण गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .