सामाजिक सञ्जाल ‘ह्वाट्स एप, इमो’ मार्फत लट्रि परेको भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बिरगञ्ज महानगरपालिमा–१८ का निरजकुमार सिंह रहेका छन्।
उनले ‘तपाइँलाई २५ लाखको लट्रि परेको छ, त्यसका लागि ट्याक्स तिर्नुपर्छ’ भन्दै पीडितहरुलाई विभिन्न व्यक्तिका नाममा रहेको बैंक खाता, आईएमई र इसेवामार्फत रकम जम्मा गर्न लगाएर २ लाख १० हजार रुपैयाँ ठगी गरेका थिए।
सिंहलाई ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया