समाज


हातमा खुकुरी लिएर फेसबुकमा नेतालाई गाली गर्ने पक्राउ

हातमा खुकुरी लिएर फेसबुकमा नेतालाई गाली गर्ने पक्राउ

नेपालखबर
भदौ ३, २०७६ मंगलबार १२:४७,

खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्दै फेसबुकमा भिडियो हाल्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने वर्ष २५ को सागर मैनाली रहेका छन्।

सोमबार पक्राउ परेका मैनालीलाई आज महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै नेतालाई अपशब्द बोलेपछि क्षत्रीलाई पक्राउ गरिएको हो।
उनीविरुद्ध साइबर क्राइम अन्तर्गत अनुसन्धान अघि बढाइने प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .