बलिउड स्टार अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ सय करोड क्लबमा प्रवेश गरेको छ।
अगस्ट १५ मा रिलिज भएको यस फिल्मले ५ दिनमै यो आँकडा पार गरेको हो। फिल्म इतिहासको पानामा कोरिएको भारतका अन्तरिक्ष यात्रीको सफलताको कथासँग सम्बन्धित छ।
जसलाई भारतीयले निकै रुचाएका छन्। फिल्ममा अक्षयसँगै विद्या बालन, सोनाक्षी सिंहा, तापसी पन्नुलगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा अक्षय वैज्ञानिकको भूमिकामा छन्।
प्रतिक्रिया