राजनीति


लोकसवाको विज्ञापन रद्द गर्न आवश्यक छैनः मन्त्री पण्डित

लोकसवाको विज्ञापन रद्द गर्न आवश्यक छैनः मन्त्री पण्डित

नेपालखबर
भदौ ३, २०७६ मंगलबार १३:०,

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापन तात्कालिन अवस्थामा समावेशी भएको दाबी गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रश्नोत्तरको कार्यक्रम अन्र्तगत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिदै उनले आयोगको विज्ञापन समावेशी भएको दाबी गरेका हुन्। उनले लोकसेवा आयोगको विज्ञापन आवश्यकता, माग र तात्कालिन कानुन अनुकुल रहेकाले रद्द गर्नुनपर्ने स्पष्ट पारे।

उनले भने, ‘अहिले गरिएका लोकसेवा आयोगको विज्ञापन तात्कालिन स्थितिमा समावेशी छ। लोकसेवा आयोगको विज्ञापन आवश्यकता, माग र तात्कालिन कानुनी व्यवस्था अनुकुल भएकाले रद्द गरिहनु पर्ने आवश्यकता छैन।’

उनले नीतिगत कामका लागि टे«ड युनियन आवश्यक भएपनि कुन रुपमा रहने भन्ने छलफलको क्रममा नै रहेको स्पष्ट पारे।

साथै उनले समायोजनमा गएका राष्ट्रसेवक कर्मचारीको मनोबल वृद्धि गरि खस्कन नदिने प्रतिवद्धता पनि जाहेर गरे। उनले संघमा समायोजन भएका कर्मचारीलाई श्रेणीगत रुपमा तलब भत्ता उपलब्ध गराईएको र प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई तहगत रुपमा तलब भत्ता निर्धारण गरिएको स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .