समाज


३ हजार ४७९ संक्रमित थपिए, ६ हजार ६३६ संक्रमणमुक्त

३ हजार ४७९ संक्रमित थपिए, ६ हजार ६३६ संक्रमणमुक्त

नेपालखबर
जेठ २३, २०७८ आइतबार ११:१६,

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ६ हजार ६३६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो अवधिमा ९९ जनाको निधन भएको छ। यो सँगै कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ७ हजार ८९८ पुगेको छ।

काठमाडौं उपत्यकामा भक्तपुर १४६, ललितपुर २५४ र काठमाडौंमा ७३१ गरी १ हजार ३१ जनामा संक्रमित भेटिएका छन्।

एक हप्ताको अवधिमा नेपालमा ३८ हजार १६२ जना संक्रमित थपिएका छन् भने ५० हजार ५४ जना संक्रमणमुक्त भएका छन्।

आज देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad