४७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आइतबार गरेको प्रेस ब्रिफिङका क्रममा आज देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहको जनाएको छ। अहिले गाउँ गाउँमा संक्रमण फैलिएको मन्त्रालयले आशंका गरेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यो अवधिमा ६ हजार ६३६ जना डिस्चार्ज भएका छन् भने ९९ जनाको निधन भएको छ।

प्रतिक्रिया