समाज


चुरेको दोहनविरुद्ध शान्ति समाजले सत्याग्रह थाल्ने

चुरेको दोहनविरुद्ध शान्ति समाजले सत्याग्रह थाल्ने

नेपालखबर
जेठ २२, २०७८ शनिबार १०:४२,

चुरेको दोहनविरुद्ध मानव अधिकार तथा शान्ति समाजले सत्याग्रह थाल्ने जनाएको छ।

शान्ति समाजका सभापति गोविन्द खनालले हालै सरकारद्वारा चुरे ध्वस्त गर्ने गरी ढुंगा गिटी निकासीको निर्णय नसच्याए शान्ति समाजले सत्याग्रह आन्दोलन प्रारम्भ गर्ने बताए।

वातावरण विनास गर्ने सरकारको यो नीतिले  गंगा दक्षिणको मैदानी इलाका मरुभुमीकरण हुने खतरा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै सभापति खनालले सरकारको यो आत्मघाती कदमलाई वातावरण प्रतिगमनको संज्ञा दिए। 

यस्तै आज परेको विश्व वातावरण दिवसको उपलक्ष्यमा मानव अधिकार तथा शान्ति समाजद्वारा ६ जिल्लामा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।

शान्ति समाजद्वारा रुपन्देहीको वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आँप, रुद्राक्ष, अमला, वेल, धुपिसल्लो, कल्पिफुल लगाएत १ सय भन्दा बढी संख्यामा बृक्षारोपण गरिएको हो। 

वृक्षारोपण कार्यक्रममा केन्द्रिय सचिव मिना ढकाल, केन्द्रीय सदस्य बिष्णु भुसाल, आम्दा अस्पताल मेसु डा. राजेन्द्र बश्याल, पत्रकार महासंघ प्रदेश महासचिव बिक्रम खड्कासहितको सहभागिता थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad