समाज


वीरगन्जमा असार १ गतेदेखि विद्यालय खुल्ने

वीरगन्जमा असार १ गतेदेखि विद्यालय खुल्ने

नेपालखबर
जेठ २२, २०७८ शनिबार ८:१८,

वीरगन्जमा आगामी असार १ गतेदेखि विद्यालय संचालन गरिने भएको छ। वीरगन्ज महानगरपालिकाले असार १ गतेदेखि स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर विद्यालय खोल्ने निर्णय गरेको मयर विजय कुमार सरावगीले नेपालखबरलाई बताए।

सबै परिस्थिति सामान्य रहेमा पहिलो चरणमा कक्षा ८ देखि १२ सम्मका कक्षा संचालन गरिने उनले बताए।

महानगरमा कोरोना घट्दो रहेकोले शैक्षिक कार्यक्रम सुरु गर्न लागिएको उनको भनाई छ।

आइतबारदेखि विद्यालयका प्रशासनिक काम संचालन हुने उनले जानकारी दिए। विद्यालयमा भौतिक उपस्थिति गराएर पठनपाठन गर्न अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्यका मापदण्ड पुरा गर्न भनिएको छ।

महानगरले कक्षा संचालनका लागि ७ वटा सर्त बनाएको छ। विद्यालयका सवारी सधान नचलाउन महानगरले भनेको छ।

शिक्षण सिकाईका वैकल्पिक उपाय विद्यालय र अभिभावकबीच सहमति गरेर गर्न भनिएको छ। असार १ देखि ७ गतेसम्म भर्ना लगायतका व्यवस्थापकीय काम हुने, ८ देखि १५ गतेसम्म भर्ना सप्ताहका लागि घरदैलो र असार १५ पछि नियमित पठन पाठन सुचारु गर्न महानगरले भनेको छ।

कुनै विषम स्थिति देखिए महानगरको शैक्षकि प्रशासन महाशाखामा सूचित गर्न र निर्देशन अनुसार गर्न भनिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad