राजनीति


सेना फर्काउने सहमतिबीच सिमानामा अझै आमने–सामने छन् चिनियाँ र भारतीय सेना

सेना फर्काउने सहमतिबीच सिमानामा अझै आमने–सामने छन् चिनियाँ र भारतीय सेना

नेपालखबर
जेठ २२, २०७८ शनिबार ७:२३,

विवादित क्षेत्रहरुबाट पछाडि हट्ने प्रक्रिया अझै पुरा नभएको भारतले जानकारी दिएको हो।

अधिकारीहरुका अनुसार भारतीय सेना एलएसीबाट पछाडि हट्न तयार छन् तर चिनियाँ सेनाले भने सहमतिलाई बेवास्ता गरिरहेका छन्।

बिहीबार भारतीय विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विवादित सीमा क्षेत्रबाट सेना फर्काउने कार्य पुरा हुन बाँकी रहेको बताए।

भारत र चीनका सेना यसअघि अर्काको नियन्त्रित क्षेत्र मानिएको भूभागमा मोर्चाबन्दी गरेर बसेका थिए। यतिबेला ती सेना हटाएर विवाद सुल्झाउने प्रयास भइरहेको हो।

गत फेब्रुअरी १० देखि नै सेना पछाडि हटाउने कार्य थालिएको थियो। चार महिना पुरा भइसक्दा पनि यो कार्य पुरा नहुनुमा चीन जिम्मेवार भएको भारतको भनाइ छ।

हालसम्म सेना फर्काउने विषयमा चीन र भारतका कमाण्डरबीच ११ पटकसम्म वार्ता भइसकेको छ।

तर पछिल्ला दिनहरुमा चीनका सेनाले गर्मी महिना लाग्दासाथ हतियारहरु सीममा लगेर तैनाथ गर्न थालेको समाचारहरु आएका छन्।

भारतले पनि आफ्ना सेनाहरु सक्रिय बनाएको खबरहरु आएका छन्। यसरी चीन र भारतको सीमा विवाद अन्त्य नहुने विश्लेषकहरु बताउँछन्।

गतवर्षको जुन १५ मा भारत र चीनका सेना गलवान उपत्यकामा हिंस्रक झडपमा उत्रिएपछि विवाद जारी रहेको हो।

सो क्रममा भारतका २० र चीनका ४ सेनाको ज्यान गएको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad