नेपाल प्रहरीलाई 'सेभ नेपाल फ्रम कोभिड १९ ग्लोबल एलाइन्स फन्ड'ले १० थान अक्सिजन कन्सन्ट्रेटर दिएको छ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच वरिष्ठ विमान चालक क्याप्टेन विजय लामाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त कन्सन्ट्रेटरहरु हस्तान्तरण गरेका हुन्।
एलायन्समा आवद्ध क्याप्टेन विजय लामा, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वक्याप्टेन पारस खड्का, एलायन्स नेपाल च्याप्टरका संयोजक पुकार बम र मिस नेपाल २०२० नम्रता श्रेष्ठ सहयोग हस्तान्तरण गर्न पुगेका थिए।
हस्तान्तरण गरिएका १० थान अक्सिजन कन्सन्ट्रेटरहरुमध्ये नेपाल प्रहरी अस्पताल लगायत प्रादेशिक प्रहरी अस्पतालहरु दिपायल, सप्तरी, पोखरा र नेपालगंजलाई वितरण गरिने बताइएको छ।

प्रतिक्रिया