ad ad

समाज


गोन्पा व्यवस्थापन परिषदमा रिक्त पदाधिकारी नियुक्त गर्न माग

गोन्पा व्यवस्थापन परिषदमा रिक्त पदाधिकारी नियुक्त गर्न माग

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ९:१२,

नेपाल बौद्ध महासंघले गोन्पा/विहार व्यवस्थापन परिषद नेपालमा रिक्त पदाधिकारी नियुक्त गर्न माग गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग महासंघको टोलीले मन्त्रालयमा भेट गरी परम्परागत शिक्षाको पाठ्यक्रम निर्देशिका, गोन्पा/विहार व्यवस्थापन परिषद नेपालमा रिक्त अध्यक्ष, सदस्य–सचिव र सदस्य नियुक्ति गर्न माग गरेकाे हाे।

भेटका क्रममा अध्यक्ष आचार्य नुर्बु शेर्पाले गोन्पा शिक्षक व्यवस्थापन नभएसम्म हाल अध्ययपनरत शिक्षकलाई गोन्पा शिक्षक सरहको मान्यता दिन समेत आग्रह गरेका छन्। त्यस्तै महासंघले ऐच्छिक विषयको शास्त्रीय भोटभाषाको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्न माग गरेको छ।

‘पूर्वीय दर्शनको मौलिक स्रोत एवं नेपालको ज्ञानको धरोहरको रुपमा रहेको संस्कृत, भोट र पाली भाषा दिनानुदिन लोप हुँदै गएको अवस्थामा त्यसलाई संरक्षण गर्न पाट्यक्रम विकास केन्द्रले संस्कृत र पाली भाषाको पाठ्यक्रम विकास आर्न आग्रह गरेका छौँ’ महासंघद्वारा मन्त्री श्रेष्ठलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

महासंघले गोन्पा विद्यालयमा अध्यापन हुने भोट भाषा, भोट ब्याकरण र भोट भाषाको माध्यमबाट अध्यापन हुने बौद्ध शिक्षा, बौद्ध दर्शन, सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषय अध्यापन गराउने शिक्षकको लागि अर्को व्यवस्था नभएसम्मका लागि देश विदेशका विभिन्न बौद्ध गोन्पाबाट भोट भाषाको माध्यमबाट अध्यापन पुरा गरेका शिक्षकलाई गोन्पा विद्यालयमा अध्यापन गराउन नीतिगत व्यवस्था गर्न आग्रह गरेको छ।

भेटको क्रममा मन्त्री श्रेष्ठले विश्वमा नेपालको परिचय दिने गोन्पा भाषा बौद्ध दर्शन लगायतका विषयमा देखिएको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताए।

उनले भने, ‘महासंघले दिएको यस्ता जायज मागलाई तत्काल स्म्बोधन गर्नुपर्छ। उनले शिक्षक व्यवस्थापन, निर्देशिका निर्माण र परिषद गठनको विषयमा तत्काल प्रकृया अघि बढाउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .