समाज


प्रदेश १ : जेठ २४ गते बर्खे अधिवेशन सुरु गराउन सिफारिस (भिडिओ)

प्रदेश १ : जेठ २४ गते बर्खे अधिवेशन सुरु गराउन सिफारिस (भिडिओ)

नेपालखबर
जेठ २०, २०७८ बिहिबार ३:५२,

प्रदेश नम्बर १ प्रदेश सभाको बर्खे अधिवेशन यही जेठ २४ गते गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने भएको छ।

आज बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे पहिलो बैठक बस्ने गरी प्रदेश प्रमुखलाई बर्खे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका हुन्। 

असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गर्ने प्रचलन छ। अध्यादेशबाट बजेट ल्याउने चर्चा भइरहेका बेला प्रदेश १ को सरकारले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।

निर्णयबारे सुन्नुहोस्, भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad