समाज


किष्ट अस्पतालद्वारा निःशुल्क कोभिड ओपीडी सञ्चालन

किष्ट अस्पतालद्वारा निःशुल्क कोभिड ओपीडी सञ्चालन

नेपालखबर
जेठ १९, २०७८ बुधबार १४:२०,

किष्ट शिक्षण अस्पतालले कोभिड–१९ रोगका लागि निःशुल्क ओपीडी सेवा सुरु गरेको छ। 

कोभिड ओपीडीमा विरामीहरुका लागि क्लिनिकल परामर्श, आहार परामर्श र फिजियोथेरापी जस्ता सेवाहरु निःशुल्क उपलब्ध गरेको छ। साथै कोभिड विरामीहरुका लागि अन्य सेवाको परामर्श चाहिएमा आवश्यकता अनुसार निःशुल्क रुपमा उपलब्ध गराउने जानकारी किष्ट शिक्षण अस्पतालले गराएको छ।

सामान्य आर्थिक अवस्था तथा होम आइसोलेसनमा बसेका विरामीहरुको लागि सहज रुपमा आएर जचाँउने व्यवस्था गरिरहेको अस्पतालको भनाइ छ। विशेषज्ञ चिकिक्त्सकहरुको टोलीले परामर्श रहने यस ओपीडी सेवाले बढी भन्दा बढी ‘सस्पेक्टेड कोभिड, कोभिड पोजिटिभ र पोस्ट कोभिड’ को उपचार सहितको परामर्श गर्ने विश्वास दिलाएको छ।

उच्च मृत्युदर, ‘पोस्ट कोभिड कम्प्लिकेसन’ जस्ता भयावह स्थिति आउन नदिन बेलैमा उपचारको फाइदा उठाउन यस शिक्षण अस्पतालले सबै जनसमुदायलाई आग्रह गरेको छ।

लामो समयदेखि कोभिड भइ उपचार गराएर ठिक भएका विरामीहरुका लागि पनि कालो ढूसीको सम्भावना रहेकोले ‘ईएनटी र म्याक्सिलोफेसियल सर्जन’ द्वारा निःशुल्क ओपीडी सर्जन तथा परामर्श गरिरहेको किष्ट शिक्षण अस्पतालले जानकारी गराएको छ।

ओपीडी सेवा शनिबार बाहेक हरेक दिन बिहान १० बजे देखि १२ बजे सम्म संचालन रहने पनि जानकारी गराएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad