ad ad

समाज


मोडेल र हेल्पिङ ह्यान्ड्स अस्पताललाई महानगरद्वारा भेन्टिलेटर सहयोग

मोडेल र हेल्पिङ ह्यान्ड्स अस्पताललाई महानगरद्वारा भेन्टिलेटर सहयोग

नेपालखबर
जेठ १८, २०७८ मंगलबार ११:२०,

काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका दुई अस्पताललाई आईसीयू भेन्टिलेटर सहयोग गरेको छ।

महानगरले मंगलबार महानगरपालिका भित्रको काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड–१९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको निम्ति दुई/दुई थान आईसीयू भेन्टिलेटर प्रदान गरेको हो।

आईसीयू भेन्टिलेटर प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रुपमा सेवा पाउन सकुन् भनेर सहयोग गरिएको बताए। उनले महानगरपालिकाले कोभिड–१९ संक्रमितको उपचारका लागि काठमाडौं जिल्ला भित्रका भित्रका अस्पताललाई ४२ वटा र भक्तपुर ठिमिमा ३ वटा गरी ४५ वटा भेन्टिलेटर उपलब्ध गराउने सम्झौता गरी काम अगाडि बढाइरहेको पनि जानकारी दिए।

काठमाडौं नगरपालिकाले विभिन्न ठाउँका आइसोलेसन सेन्टरहरुलाई पनि सहयोग प्रदान गर्दै आएको उनले बताए।

कोभिड–१९ संक्रमितहरुका महानगरले काम गरिरहेको उल्लेख गर्दै उनले संक्रमण भए आइसोलेसन सेन्टर र अस्पतालमा आइ उपचार गराउन समेत आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .