सुनकोसी नदीमा माछा मार्ने क्रममा सोमबार हराएका दुईमध्ये एक किशोरको शव फेला परेको छ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले ती किशोरको शव फेला पारेको हो।
काभ्रेको चौंरि गाउँपालिका–८ बिर्तादेउराली स्थित सुनकोसी नदीमा बेपत्ता तेलाम गाउँपालिका वडा नं २ का २१ वर्षीय सुजित तामाङ र वडा नं ३ बस्ने वर्ष २२ को दिलध्वज तामाङ बेपत्ता भएका थिए।
सशस्त्र प्रहरी बलको नम्बर २० बिपद् उद्दार उपत्यका गण र नम्बर १५ गण काभ्रेबाट गएको गोताखोरले मंगलबार सुजितको शव नदीबाट निकालेको हो।
बेपत्ता अर्का किशोर दिलध्वजको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया