बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक महिलाले ज्यान गुमाएकी छन्।
मधुवन नगरपालिका-५ की ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार दिउँसो स्थानीय बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्न गएको बेला उनलाई बाघले आक्रमण गरेको स्थानीयले बताएका छन्।
निगुरो टिप्ने क्रममा एक्कासी बाघले घिसारेर बेपत्ता बनाएकी क्षेत्रीको शव अलि पर घना जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले जानकारी दिए।
3
Shares

प्रतिक्रिया