समाज


कोरोनाका नयाँ रूप : अब यूके, भारतीय भेरिएन्ट...भनिने छैन

कोरोनाका नयाँ रूप : अब यूके, भारतीय भेरिएन्ट...भनिने छैन

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १:५४,

कोरोना भाइरसका नयाँ प्रकार (भेरिएन्ट) लाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले छुट्टै नाम दिएको छ।

यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखापरेका कोरोनाका नयाँ भेएिन्टलाई डब्ल्यूएचओले ग्रिक वर्णमालाका अक्षरबाट नामकरण गरेको हो। 

नयाँ भेरिएन्ट जहाँ पहिले पत्ता लाग्यो त्यही ठाउँको नाम जोडेर भाइरसको नामकरण गर्ने चलनले देश तथा त्यहाँका नागरिकविरुद्ध विभेदकारी भावना विकास गराएकाले नयाँ प्रणाली ल्याइएको डब्ल्यूएचओले जनाएको छ।

जसअनुसार अब यूके भेरिएन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिएन्टलाई बिटा तथा भारतीय भेरिएन्टलाई डेल्टा भनिनेछ।

गत अक्टोबरमा सबैभन्दा पहिले भारतमा एकिन गरिएको B.1.617.2 भेरिएन्टलाई भारतीय भेरिएन्ट भनिएकामा त्यहाँको सरकारले आलोचना गरेको थियो।

हुन त डब्ल्यूएचओले आधिकारिक रूपमा त्यसको नाम भारतीय भेरिएन्ट कहिले भनेको थिएन।

विश्व स्वास्थ्य संगठनकी कोभिड–१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्विटरमा लेखेकी छन्, ‘भेरिएन्ट पत्ता लगाएर जानकारी दिएकामा कुनै पनि देशलाई अप्ठेरोमा पारिनुहुन्न।’

अब प्रयोग गरिने ग्रिक अक्षरले चासोका साथ तथा चिन्ताका साथ हेरिएका दुवै प्रकारका भेरिएन्टलाई जनाउनेछन्।

तिनका नामको पूर्ण विवरण डब्ल्यूएचओले आफ्नो वेबसाइटमा राखेको छ। यी ग्रिक अक्षरले ती भेरिएन्टको पूर्ण वैज्ञानिक नामलाई विस्थापन भने गर्ने छैनन्।

कर्खोभका अनुसार २४ भन्दा धेरै भेरिएन्ट भेटिएका खण्डमा ग्रिक वर्णमालाका अक्षर सकिनेछन् र नयाँ प्रणाली घोषणा गरिनेछ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad