समाज


कारभित्र मृत भेटिएका तीन बालकको घटनामा पक्राउ दुबै जना धरौटीमा रिहा

कारभित्र मृत भेटिएका तीन बालकको घटनामा पक्राउ दुबै जना धरौटीमा रिहा

नेपालखबर
जेठ १७, २०७८ सोमबार ८:३५,

दाङमा कारभित्र तीन बालक मृत भेटिएको घटनामा पक्राउ परेका दुवै जना धरौटीमा रिहा भएका छन्।

कारका चालक तुलसीपुर ६ का ५७ वर्षीय पदमबहादुर बस्नेत र भारतबाट कार ल्याउने सोही ठाउँका ३३ वर्षीय यादवप्रसाद गैरे धरौटीमा छुटेको प्रहरीले जनाएको छ।

दुवै जनालाई जिल्ला अदालतले ४ लाख ५० हजार रुपैयाँका दरले धरौटी माग गरेको थियो।

तुलसीपुर उपमहानगरपालिका—६ स्याउली बजार सडक छेउमा पार्किङ गरेर राखिएको आर जे ०१ सीसी ०८८५ नम्बरको भारतीय कारभित्र तीन बालक मृत भेटिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।

कारभित्र तुलसीपुर—६ बस्ने भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्देश, सन्तोष परियारका छोरा ७ वर्षीय सुवर्ण र किरण परियारका ६ वर्षीय छोरा करण कारभित्र मृत फेला परेका थए।

अनुसन्धानका क्रममा उनीहरुको हत्या नभई निसासिएर ज्यान गएको खुलेको थियो। कारको एउटा ढोका खुल्लै रहेका कारण बालकहरु कारभित्र पसेको तर ढोका बन्द भएपछि निस्कन नसकेको र निस्सासिएर ज्यान गएको प्रहरीको निस्कर्ष छ।

पक्राउ परेकाविरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरको दफा १८२ अनुसार हेलचेक्राई गरेकाले ज्यान गएको भन्दै प्रहरीले मुद्दा दर्ता गरेको थियो।

जिल्ला अदालत दाङका न्यायधीश रितेन्द्र थापाको इजलासले उनीहरुसँग ४ लाख ५० हजारका दरले धरौटी माग गरेर छाड्न आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad