राजनीति


जसपा नेताले भेटे प्रधानमन्त्री, सरकारमा सहभागिताबारे छलफल केन्द्रित

जसपा नेताले भेटे प्रधानमन्त्री, सरकारमा सहभागिताबारे छलफल केन्द्रित

नेपालखबर
जेठ १७, २०७८ सोमबार ८:१२,

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसहितका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन्।

सोमबार जसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरुले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।
नयाँ सत्ता गठबन्धन र आफ्ना मागका विषयमा प्रधानमन्त्रीसँग कुरा भएको एक नेताले बताए।

जसपाको महन्थ पक्षलाई ८ मन्त्रालय दिने गरी सरकारमा सहभागी गराउने तयरीमा प्रधानमन्त्री ओली छन्।

सरकारलाई हेर्ने विषयमा दुई धार हुँदा जसपा विभाजनको संघारमा छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओली सरकारको विस्थापनाको पक्षमा छन् भने महन्थ पक्षले सरकारलाई सघाइरहेको छ।

जसपाको संसदीय दलमा महन्थ पक्षको बहुमत छ भने कार्यकारिणी समितिमा उपेन्द्र पक्षको बहुमत रहेको छ।

दुवै अध्यक्षले एकले अर्कोसँग स्पष्टीकरण माग्दै कारबाहीको तयारी गरिरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad