गएको २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट ६ हजार ९५१ संक्रमित भएका छन्।
२० हजार ११० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज ९ हजार ८४१ संक्रमित निको भएर घर फर्किएका छन्।
मन्त्रालयका अनुसार यो अवधिमा ९६ जनाको ज्यान गएको छ।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ।
हिजो नेपालमा ६ हजार ९३९ जना संक्रमित थपिएकोमा ७ हजार २२६ जना निको भएका थिए। यस्तै हिजो १०६ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया