कारोबार


होटल तथा रेष्टुरेन्ट क्षेत्र ११.२ प्रतिशतले विस्तार हुने सरकारी प्रक्षेपण

होटल तथा रेष्टुरेन्ट क्षेत्र ११.२ प्रतिशतले विस्तार हुने सरकारी प्रक्षेपण

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार १०:५,

गत आर्थिकवर्ष ३७ प्रतिशतले संकुचनमा रहेको होटल तथा रेष्टुरेन्ट क्षेत्र चालू आर्थिक वर्षमा भने ११.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

कोभिड १९ को कारण अतिप्रभावित होटल क्षेत्र लकडाउन खुकुलो भएसँगै उल्लेख्य सुधार भएको अर्थ मन्त्रालयको विश्लेषण छ।

कोरोनाको दोस्रो लहरका कारण अधिकांश ठाउँहरुमा निषेधाज्ञा लागू भएकाले अनुमानित वृद्धिदर हासिल हुन कठिन हुने देखिएको उल्लेख गरेको छ।

सरकारले कोभिडको संक्रमण घटेको समयमा आन्तरिक पर्यटनका गतिविधि पुनः सुचारु भएकाले क्षेत्रको विस्तार सन्तोषजनक हुने दाबी गरेको हो।

आर्थिक वर्ष २०७५÷०७६ मा होटल तथा रेष्टुरेन्ट क्षेत्रको कुल मूल्यअभिवृद्धि १.९ प्रतिशत रहेको थियो। गत आर्थिक वर्ष ०७६÷७७ मा १.५ प्रतिशतमा रहेको मूल्यअभिवृद्धि दर यो वर्ष १.६ प्रतिशत पुग्ने अनुमान रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad