सिन्ध प्रहरीले एक बयान जारी गर्दै प्रहरी र नौसेनाबीच झडप हुनु दुर्भाग्यपूर्ण घटना भएको बताउँदै यस विषयमा अनुसन्धान हुने बताएका छन्।
प्रहरीका अनुसार झडपमा उत्रने प्रहरी र नौसेनालाई विभागीय कारवाही हुनेछ।
प्रहरी प्रवक्ताले सामाजिक संजालमा सार्वजनिक भएको भिडिओलाई तोडमोड गरेर दुई राष्ट्र सेवामा खटेको संस्थाबीच विवाद निम्त्याउन खोजिको बताएका छन्।
यस विषयमा सत्यतथ्य जाँच हुने बताइएको छ। यद्यपी यो घटना कोरोनाविरुद्धको नियम उल्लंघन गरेका कारण भएको पाकिस्तानी संचारमाध्यमको भनाइ छ।
(भिडिओ)
A security force's officer in plain clothes and in private car was going to French beach in Karachi along with family. Police stopped and informed him due to covid it is banned. Then what his uniformed guards did with police watch video.#NCOC #PrimeMinisterImrankhan #ISPR pic.twitter.com/4FExio7AMg
— Aijaz Mahar (@aijazm) May 24, 2021सिन्धमा कोरोनाविरुद्धको नियम लागू भएको छ। तर एक नौसेना परिवारसँग समुन्द्रको किनारमा घुम्न जान खोज्दा प्रहरीले रोकेपछि झडप भएको बतााइएको छ।
भिडिओमा देखिएअनुसार प्रहरी र नौसेनाबीच हात हालाहाल भएको थियो। उनीहरुले बन्दुक चलाएका छैनन्। तर बन्दुकले एकअर्कामाथि कुटपिट गर्न खोजेका छन्।

प्रतिक्रिया