काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा गरिने भएको छ।
यही १३ गते अहिले लागू भएको निषेधाज्ञाको समय सकिने भएपछि १ साता थप गरिएको निषेधाज्ञा कडाइका साथ पालना गराइने भएको हो।
यही सिलसिलामा बैंक तथा वित्तीय संस्थाका पनि सीमित शाखामात्रै सञ्चालन गर्ने काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निर्णय गरेका हुन्।
यसअनुसार वाणिज्य बैंकहरुका तीनवटा मात्रै शाखा खोल्न पाइनेछ। त्यस्तै, विकास बैंकका दुईवटा मात्रै शाखा सञ्चालन गर्न पाइनेछ।
यसअघि बैंक तथा वित्तीय संस्थालाई छुट दिइएको थियो।
पछिल्लो समय कोरोना संक्रमण दर स्थिर अवस्थामा रहेको छ। औसत २०÷२२ हजार दैनिक परीक्षण गर्दा ८ हजार नयाँ संक्रमित थपिइरहेका छन्।
त्यस्तै झण्डै उही दरमा दैनिक निको समेत भइरहेका छन्।
उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा लगाइएको थियो। अब निषेधाज्ञा २० गतेसम्म लम्बिएको छ भने खाद्यान्न पसल समेत खोल्न नपाइने भएको छ। तरकारी पसल भने खोल्न पाइनेछ।
Shares

प्रतिक्रिया