बर्दियामा हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु भएको छ। सोमबार राति गेरुवा गाउँपालिका १ सरखोल खचकपुरकी ३७ वर्षीया चन्द्रा बिक र उनकी ३ वर्षीया छोरी दिपिका बिकको मृत्यु भएको हो।
उनीहरुलाई घरमै आएर हात्तिले आक्रमण गरेको बर्दिया प्रहरीले जनाएको छ।
बर्दिया राष्ट्रिय निकिञ्जबाट दुई वटा जंगली हात्ती आई दुबै जनालाई आक्रमण गरी सुँडमा उठाएर घरबाट अन्दाजी ३० मिटर टाढा लगेर छोडेको बर्दियाका डीएसपी हेमबहादुर शाहीले बताए।
आमा चन्द्राको घटनास्थलमै र छोरीको नेपालगंज मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको डीएसपी शाहीले बताए।

प्रतिक्रिया