राजनीति


सभामुख सापकोटाले बोलाएको बैठकमा नेम्वाङ नजाने, भने– ‘तपाइँसँग छुट्टै कुरा गर्छु’

सभामुख सापकोटाले बोलाएको बैठकमा नेम्वाङ नजाने, भने– ‘तपाइँसँग छुट्टै कुरा गर्छु’

नेपालखबर
जेठ ११, २०७८ मंगलबार ७:१५,

प्रतिनिधि सभा विघटन भएपछिको पछिल्लो अवस्थाबारे छलफल गर्न सभामुख अग्नि सापकोटाले राखेको बैठकमा पूर्वसभामुख सुवास नेम्वाङ नजाने भएका छन्।

आफ्नो पूर्वनिर्धारित काम भएकोले आजको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको नेम्वाङले नेपालखबरलाई बताए।

‘आज मेरो पूर्वनिर्धारित कार्यक्रम छ, आजको बैठकमा आउन सक्तिन,’ नेम्वाङले सापकोटालाई दिएको जवाफ उद्धृत गर्दै भने, ‘तपाइँसँग छुट्टै कुरा गर्छु भनेर भनेको छु।’

नेम्वाङले उनको पूर्वनिर्धारित काम के हो खुलाउन चाहेनन्। ओलीनिकट नेता नेम्वाङ एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा पनि छन्।

सभामुख सापकोटाले २०४८ साल देखिका पूर्वसभामुखहरुसँग छलफलका लागि आज १ बजे सिंहदरबारमा बैठक राखेका छन्।

सरकारले जेठ ८ गते राति प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

सो विघटन असंवैधानिक रहेको भन्दै सापकोटाले जेठ ८ गते विज्ञप्ति नै जारी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad