कोरोना संक्रमण रोकथामका लागि गत वैशाख १६ देखि निषेधाज्ञा लागू भइरहेको काठमाडौं उपत्यकामा जेठ १३ गतेपछि पनि यो अवधि थप गर्ने तयारी गरिएको छ।
उपत्यकामा दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि यही जेठ १३ गते मध्यराति १२ बजे सकिँदैछ। तर कोरोना संक्रमण अझै मत्थर नभएकाले अझै केही समय निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
यस विषयमा आज उपत्यकाका तीनै (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको बैठक गरेर निर्णय गरिने उनले बताए। अहिलेसम्मको सोचअनुसार अरू एक हप्ता थप्ने कि भन्ने भए पनि आज बैठक बसेपछि यसको निक्र्याेल हुने उनले नेपालखबरलाई जानकारी दिएका छन्।

प्रतिक्रिया