ad ad

समाज


आयुर्वेद चिकित्सालयमा ५० शय्याको आइसोलेसन स्थापना

आयुर्वेद चिकित्सालयमा ५० शय्याको आइसोलेसन स्थापना

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १२:४०,

आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ।

काठमाडौं महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड १९ का विरामीलाई उपचार गर्नका लागि ५० शय्याको आइसोलेसन स्थापना गरिएको हो।

आइसोलेसन भोलि शनिबारदेखि सञ्चालनमा आउने निर्देशक डा. प्रदीप केसीले जानकारी दिए। आइसोलेसनमा कोभिड १९ संक्रमित बिरामीहरुका लागि आधुनिका चिकित्सा सँगसँगै आयुर्वेदिक जीवनशैली, योग, श्वासप्रस्वास एक्सरसाईज र विभिन्न मनोसामाजिक परामर्शसहित उपाचार गरिने पनि डा. केसीले बताए।

उनले भने, ‘आधुनिक चिकित्सा सँगसँगै आयुर्वेदको जीवनशैली योग, प्रणायम, श्वासप्रस्वास एक्सरसाईज, विभिन्न थेरापीहरु र विरामीलाई मनोवैज्ञानिक परामर्श, श्रव्यदृश्य सामाग्रीमार्फत्बाट बिरामीलाई हाईफ्लो अक्सिजनसम्मको उपचारको लागि तयारी अवस्थामा छौँ।’

आइसोलेसनमा ५० शय्यामध्ये २५ शय्यामा भने एचडीयू बेड र हाईफ्लो अक्सिजनको समेत सुविधा भएको निर्देशक केसीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .